काठमाडौँ – नेपालमा थप ३२३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २८६ जना पुरुष र ३७ जना महिला गरी थप २७८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२० जनाको पोजेटिभ आएको छ । जसमध्ये भक्तपुरको कमलविनायककमा १ जना ३१ वर्षीय महिला, धनुषाको देउपुरा क्वारेन्टिनमा रहेका १९ देखि ५४ वर्षका ८ जना पुरुष, कपिलवस्तु महाराजगञ्जका ६ महिने शिशुदेखि ५५ वर्षका ७ जना महिला र ४ वर्षीय बालकदेखि ५३ वर्षसम्मका ३२ जना पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै काठमाडौँ महानगरपालिकाका ३१ र ३५ वर्षीय २ जना महिला र ३६ र ४६ वर्षीय २ जना पुरुष गरी ४ जना रहेका छन् । यस्तै महोत्तरीको गौशाला, जलेश्वर, मतिहानी, एकदरा र सोनामाका ३५ जना रहेका छन् । जसमध्ये २२ वर्षीया महिला र ११ वर्षीय बालकदेखि ५१ वर्षसम्मका ३४ जना पुरुष रहेका छन् । यस्तै रौतहटको इशनाथका २ महिला र ४ पुरुष गरी ६ जना, सर्लाहीको रामनगर र शोधपुरका १६ देखि ३८ वर्षका २७ जना पुरुष रहेका छन् ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी हस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जनाको पोजेटिभ आएको छ । जसमध्ये बाँकेको नेपालगञ्ज, बैजिनाथ र खजुराका २३ र ४१ वर्षीय महिलासहित ४ वर्षीय बालकदेखि ३८ वर्ष उमेरका १० पुरुष गरी १२ जना रहेका छन् । यस्तै बर्दियाको राजापुर, मधुवन, गुलरिया, बढैयाताल, बाँसगढीका २५ वर्षीया एक जना महिला सहित १५ देखि ६० वर्षसम्मका अन्य पुरुष गरी २८ जनामा पनि कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् ।

यस्तै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४४ जनाको पोजेठिभ आएको छ । जसमध्ये दैलेखको महाबु गाउँपालिकाका ४३ जना १८ महिने शिशुदेखि ६० वर्षसम्मका १० जना महिला, ५ महिने शिशुदेखि ४९ वर्षसम्मका ३३ जना पुरुष रहेका छन् । यस्तै डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं. ३ का ५८ वर्षीय पुरुष (जसको मृत्यु भइसकेको छ)को पनि पोजेटिभ आएको छ ।

यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुजन्य रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये दैलेखको दुल्लु नगरपालिकाका १७ देखि २२ वर्षका ४ जना पुरुष, सुर्खेतको पञ्चपुरी, गुर्भकोट र भेरिगंगा नगरपालिकाका १७ देखि ५१ वर्षका १० जना पुरुष, जाजरकोटको भेरि नगरपालिका र बाह्रेकोट गाउँपालिकाका ३३ वर्षीय एक जना महिला र १९ देखि ५२ वर्षका ३ पुरुष गरी ४ जना रहेका छन् । यस्तै सल्यानको वनघाट कुपिण्डे नगरपालिकाका २१ वर्षका २ जना महिला र १४ देखि ५७ वर्ष उमेरका ३६ पुरुष गरी ३८ जना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये मोरङको सुनवर्सी र बुद्धिगंगा गाउँपालिकाका १८ र २३ वर्षीय पुरुष, सुनसरीको भोक्राहाका २४ र ३५ वर्षीय महिला र ३८ र ४५ वर्षीय पुरुष गरी ४ जना रहेका छन् । यस्तै विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनाको पोजेटिभ आएको छ । उनी सप्तरीको भोडेबर्साईंका ५० वर्षीय पुरुष हुन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १४ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये कास्कीको रुपा-५ र ७ का पोखरा–२७ को क्वारेन्टाइनमा रहेका २३ देखि ५९ वर्षका ३ जना पुरुषहरु रहेका छन् । यस्तै स्याङ्गजाको वालिङ नगरपालिका र हरिनास गाउँपालिकाको क्वारेन्टिनमा रहेका १६ देखि ५४ वर्षका १० जना पुरुष रहेका छन् भने बाग्लुङको ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ३९ एक जना पुरुषमा पनि कोरोना देखिएको छ ।

यस्तै भरतपुर अस्पताल, कोभिड–१९ प्रयोगशाला, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि २७ वर्ष उमेरका ३ जना पुरुष रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । सुनसरीको धरानका ३० वर्षीय १ जना पुरुष, सप्तरीको बालन–बिहुल गाउँपालिकाका २ वर्षीय बालिका र २७ वर्ष उमेरकी महिला र २ वर्षका बालकदेखि ४० वर्षसम्मका पुरुष ५ जना पुरुष गरी ७ जनाको पोजेटिभ आएको छ ।

यस्तै यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये बझाङको खप्तड छान्ना गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४० वर्षीया २ जना महिला र २५ देखि ७० वर्ष उमेरका ४ जना पुरुष गरी ६ जना रहेका छन् । यस्तै कन्चनपुरको महाकाली नगरपालिकाका ३८ वर्षीय पुरुष, स्थायी ठेगाना काठमाडौँ भएका र हाल कन्चनपुरमै रहेका १८ र ३८ वर्षीय पुरुष र अछामको मंगलसंनको क्वारेन्टिनमा रहेका १ जना ५२ वर्षीय महिलाको पनि पोजेटिभ आएको छ । यस्तै कैलालीको धनगढी र गोदावरी क्वारेन्टिमा रहेका ४२ र ५५ वर्षीय पुरुषहरु र डडेल्धुराको नवदुर्गा क्वारेन्टिनमा रहेका १ जना २१ वर्षीय महिला रहेका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १७ जनाको पोजेटिभ आएको छ । जसमध्ये अर्घाखाँचीका ५० वर्षीय १ जना पुरुष, कपिलवस्तुको विजयनगर क्वारेन्टिनमा रहेका १९ देखि ५० वर्ष उमेरका ११ जना पुरुष रहेका छन् । यस्तै नवलपरासीको सुस्ताको क्वारेन्टिनमा रहेका २५ वर्षीय २ जना पुरुष, रुपन्देहीको रोहिणी र शुद्धोधनमा ३ जना १९ देखि ३८ वर्षका पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । जसमध्ये देशभरका ७० जिल्लाका ३००३ जना र २३२ जना रहेका छन् । जसमध्ये ३६५ जना उपचारपछि निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । शनिबार मात्रै डोल्पाका एक पुरुष  धनगढीकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।