काठमाडौँ – नेपालमा थप २१३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २०९ जना पुरुष र ४ जना महिला गरी थप २१३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ५७ जनाको पोजेटिभ आएको छ । उनीहरु सर्लाहीको गोदैटा नगरपालिका र पर्सा गाउँपालिकाका १२ वर्षीय बालकदेखि ५५ वर्षसम्मका सबै पुरुष रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनाको पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका ६ वर्षीय बालकदेखि ५१ वर्षसम्मका ९ जना पुरुषहरु, महोत्तरीको जलेश्वर, बर्लिवासको क्वारेन्टिनमा रहेका १५ देखि ३८ वर्षसम्मका ५ जना पुरुष रहेका छन् भने सर्लाहीको विष्णु गाउँपालिका सरस्वती मावि, जनता मावि र बलरा गाउँपालिकाको क्वारेन्टिनमा रहेका १७ देखि ४५ वर्षसम्मका १८ जना पुरुषहरुमा पनि कोरोना देखिएको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची क्वारेन्टिनमा रहेका २० वर्षीय पुरुष, उदयपुरको बेलका नगरपालिकाको क्वारेन्टिनमा रहेका ३५ वर्षीय एक जना महिला, २७ र ३५ वर्षीय २ जना पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ६ जनाको पोजेटिभ आएको छ । जसमध्ये झापाको अर्जुनधारा शनिश्चरे क्वारेन्टिनमा रहेका २३ र २७ वर्षीय २ जना पुरुष, सुनसरी इनरुवाका २३ र २६ वर्षीय २ जना पुरुष, मोरङको रतुवामाईका १४ र १९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मोरङ विराटनगरकी २२ वर्षीय महिला रहेकी छन् । यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा धादिङको नीलकण्ड नगरपालिकाको क्वारेन्टिनमा रहेका ३३ वर्षीय पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये रौतहटको गरुढा क्वारेन्टिनमा रहेका २१ वर्षीय १ जना पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाको क्वारेन्टिनमा रहेका ३१ वर्षीय १ जना पुरुष, सिरहाको भगवानपवुर क्वारेन्टिनमा रहेका १७ र १९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

राप्ती स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । उनीहरु दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाका २४ र २७ वर्षीय पुरुष, प्यूठानको सरुमरानी गाउँपालिकाका १९ वर्षीय १ जना पुरुष रहेका छन् । यस्तै रोल्पाको सुनस्मृति गाउँपालिकाका २२ वर्षीय १ जना पुरुष, कपिलवस्तु तौलिहवाका ४० वर्षीय १ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । जसमध्ये ७१ जिल्लाका पुरुषहरु ३२१२ र महिलाहरु २३६ जना रहेका छन् । जसमध्ये ४६७ जना उपचारपछि निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ । शनिबार मात्रै डोल्पाका एक पुरुष  र धनगढीकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।