काठमाडौं –  अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ ।  कोरोनाको महामारीमा रहेको अमेरिकामा जातीय प्रदर्शन भइरहेको छ । यसले संक्रमण थप फैलिने खतरा रहेको बीबीसीले जनाएको छ ।  अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख पुगिसकेको छ ।


ADVERTISEMENT


यस्तै इटलीमा कोरोना संक्रमण केही समय यता कम हुँदै गएको छ । हालसम्म इटलीमा २ लाख ३५ मा हजारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT

# # #


इटलीमा बिस्तारै कोरोनाको संक्रमण र मृत्युमा कमी आउँदैछ । पछिल्लो २४ घण्टामा इटलीमा ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । एकदिन अघि इटलीमा ७२ संक्रमितको मृत्यु भएको थियो ।

रुसमा भने यसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा रुसमा ९ हजार नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा १३४ जनाको मृत्यु भएको छ ।  रुसमा कोरोनाले मृत्यु हुनेको संख्या ५ हजार ८५९ पुगेको छ ।