काठमाडौँ – पाकिस्तानका क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार एक ट्वीट गर्दै पूर्वकप्तान अफ्रिदीले आफूमा कोभिड–१९ पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनी कोरोनाबाट संक्रमित हुने पहिलो हाइप्रोफाइल क्रिकेटर बनेका छन् । अफ्रिदीले ट्वीट गर्दै भनेका छन्, ‘गत बिहीबारदेखि नै म अप्ठ्यारो महसुस गरिरहेको थिएँ । मेरो शरीर नराम्रोसँग दुखिरहेको थियो । त्यसपश्चात मैँले कोरोना परीक्षण गराएको थिएँ । तर, दूर्भाग्यवश रिपोर्ट पोजेटिभ आएको छ । शीघ्र स्वास्थ्य लाभको लागि तपाईंको प्राथनाको आवश्यकता छ । इन्साल्लाह ।’


ADVERTISEMENT

# # #


उक्त खबर बाहिरिएसँगै समर्थकले उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अलराउन्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म राष्ट्रिय टिमबाट खेलेका थिए । जसमा उनले २७ वटा टेस्ट खेलमा १ हजार ७१६ रन सहित ४८ विकेट र ३९८ एकदिवसीय खेलमा ८ हजार ६४ रन बनाएका छन् भने ३९५ विकेट लिएका छन् ।

यस्तै ९९ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ४१६ रन र ९८ विकेट लिएका छन् ।