काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ की ४६ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मृतक महिला गत जेठ ३० गते बाँकेको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा मिर्गौला समस्याका कारण भर्ना भएकी थिइन् । उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।


ADVERTISEMENT

# # #


तर, उनको परीक्षणको रिर्पोट नआउँदै स्वाब संकलन गरेकै दिन अर्थात असार १ गते साँझ ६ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । जसमध्ये ११ ६७ जनाको उपचारपछि निको भएको छ । आज मात्रै ५८६ जना नयाँ संक्रमित फेला परेका थिए ।