पोखरा –  गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गरि थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङमा ८, स्याङ्जामा २२ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २ जना गरि थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेशमा  कोरोना संक्रमितको संख्या ८३८ पुगेको प्रवक्ता शर्माले बताए ।  हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आइसोलेसनमा बसिसकेको र अन्य पालिकाका  सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।