दिल्ली-  दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द रहने भएका छन् ।  दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले कोरोना महामारीका कारण ३१ जुलाईसम्म दिल्लीका सम्पूर्ण विद्यालय बन्द हुने बताएका बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहे पनि सरकारले लकडाउन खुकुलो गर्दै गएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टाका ३ सयभन्दा धेरै संक्रमितको मृत्य हुँदा १८ हजारभन्दा धेरै भारतीयमा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच भारतको राजधानी दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि जुलाई ५ सम्म सबै घरमा भाइरसको परीक्षण गरिने भएको छ । दिल्ली सरकारले बुधबार कोरोना भाइरसको रोकथामको साविकको रणनीतिमा परिमार्जन गर्दै सबै घरको परीक्षण गर्ने निर्णय सार्वजनिक गरेको हो ।