एजेन्सी- मध्यपूर्वको इमिरेट्स एयरले कोरोना भाइरस महामारीका कारण ब्यापारमा असर परेको भन्दै ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । विश्वको सबैभन्दा लामो दुरीको यात्रा गर्ने मध्येको एक इमिरेट्समा ६० हजार कर्मचारी छन् ।


ADVERTISEMENT


कुल १५ प्रतिशत कर्मचारी कटौती गर्नुपर्ने अवस्था रहेको इमिरेट्स एयरले जनाएको छ । कोरोना भाइरस महामारीका कारण विश्वको एयरलाइन्स उद्योग अत्यन्त प्रभावित भएको छ । कोरोना भाइरस महामारी भन्दा अघि हाल सम्मकै उच्च नाफाको अवस्थामा रहेको कम्पनी एक्कासी घाटाका कारण कर्मचारीको कटौती गर्नुपर्ने अवस्थामा पुगेको इमिरेट्सका प्रमुख टिम क्लार्कले बताए ।


ADVERTISEMENT

# # #