एजेन्सी- अमेरिकाले हङकङलाई दिँदै आएको विशेष अधिकार खारेज भएको छ । हङकङको स्वायत्तता सम्बन्धी ऐनमा राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेसँगै, बेलायतको पूर्व उपनिवेश भएकै कारण हङकङले अमेरिकाबाट पाउँदै आएको विशेषाधिकार खारेज भएको हो ।अब हङकङलाई अमेरिकाले चीनको मुख्यभूमि सरहको ब्यवहार गर्ने ट्रम्पले बताउनुभएको छ । ट्रम्पले हङकङमा सुरक्षा सम्बन्धी नयाँ ब्यवस्था ल्याएपछि चीनपछि कठोर देखिएको अमेरिकाले पछिल्लोपटक यो कदम चालेको हो ।


ADVERTISEMENT