सुनसरी –  सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । सो घटनामा दुई जना तस्कर घाइते भएका छन् । अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT


 

घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेका छन । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ ।


ADVERTISEMENT

# # #


 

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट मोटरसाइकलमा आएका तस्करलाई प्रहरीले चेकजाँच गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

 

सोही क्रममा प्रहरी र तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

 

गोली हानाहानपछि तीन जना भारततर्फ फरार भएका छन । घाइते भएका र फरार भएका ब्यक्तिहरु तस्करी, लागुऔषध र हतियारको तस्करी, चोरीलगायत कार्यमा सग्लन रहेको प्रहरीले जनाएको छ ।