काठमाडौँ – लामो दूरीका यात्रुबाहक सार्वजनिक र निजी सवारी साधनहरु भदौ १ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


ADVERTISEMENT


मन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको मापदण्डभित्र रहेर छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र र अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न दिइने भएको हो ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– आज रातीदेखि लकडाउन हट्दै, यी सेवा भने अझै बन्द हुनेछन्
– भदौ १ देखि परीक्षा र विद्यार्थी भर्ना लिन पाइने

यस्तै कोरोना महामारीका बीच सडकमा हुने सवारी चापलाई नियन्त्रण गर्न जारी गरिएको सवारी जोर बिजोर प्रणाली पनि हटेको छ । यसअघि सरकारले काठमाडौँ उपत्यकाको हकमा काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लामा सम्बन्धित जिल्लामा भित्रै जोर बिजोर प्रणाली अनुसार सवारी चल्न दिने निर्णय गरेको थियो ।