काठमाडौं- कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारी नीति प्रभावकारी नभएको भन्दै इजरायलमा हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । सरकारी नीतिका कारण मुलुकका आर्थिक मन्दी, बेरोजगारी र भ्रष्ट्राचार एवं अनियमितता बढेको भन्दै हजारौं मानिस सडकमा निस्किएर विरोध गरेका हुन् ।


ADVERTISEMENT


 सरकारविरुद्धको प्रदर्शनका क्रममा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले ल्याएको संक्रमण नियन्त्रण र राहत वितरणको नीति प्रभावकारी नभएको र राहत प्राप्तीमा भइरहेको ढिलाईले सर्वसाधारण प्रभावित भइरहेको भन्दै जेरुसेलममा हजारौंको संख्यामा मानिसहरु जम्मा भई विरोध गरेको अलजजिराले उल्लेख गरेको छ ।