सुनसरी- सुनसरीको इनरुवा नगरपालिकामा बस्ने एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि नगर क्षेत्र सिल गरिएको छ ।


ADVERTISEMENT


विराटनगर प्रहरी कार्यालयमा दरबन्दी भएपनि इनरुवा–३ महेन्द्रचोकस्थित घरमा नियमित आउजाउ गर्ने एक प्रहरी हवल्दारलाई कोराना संक्रमण पुष्टि भएपछि आइतबारबाट नगरपालिका क्षेत्र पूर्ण रुपमा सिल गरिएको हो । बैंक, अन्य कार्यालय, यातायात, व्यापार व्यवसाय सबै बन्द गरिएको छ । मानिसहरुलाई घरदेखि बाहिर निस्कन दिइएको छैन ।


ADVERTISEMENT

# # #


संक्रमितको सम्पर्कमा आएका मध्ये १२ जना उनकै परिवारका सदस्य र भेटघाट गरेका २९ जनागरी ४१ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको नगरप्रमुख राजन मेहताले बताए  ।