काठमाडौँ , फागुन २४ । सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडपका क्रममा तीन जनाको मृत्यु भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी, सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयले फिर्ता बोलाएको हो ।


ADVERTISEMENT

# # #


उनीहरूको ठाउँमा नयाँ टिम सप्तरी पठाउन गृहले तयारी थालेको छ।

सोमबार नेकपा एमालेको मेची महाकाली अभियानअन्तर्गत राजविराजमा भएको सभाका क्रमका प्रहरी र मधेसी मोर्चाबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो। सप्तरीमा मंगलबार पनि तनाव जारी छ। स्थानीय प्रशासनले राजविराजसहित आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

सप्तरी घटनाबारे सम्बन्धित निकायका प्रमुखसँगको छलफल लगत्तै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले उनीहरुलाई काठमाडौं फिर्ता बोलाएका हुन् । यसअघि गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखसाग सप्तरी घटनाबारे जानकारी लिएका थिए ।

उनले नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतसँग घटनाबारे छलफल गरेका थिए ।
नक्सालस्थित प्रहरी मुख्यालयमा बिहान करिब साढे एक घण्टा भएको छलफलमा निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।