लहान, २४ फागुन । बजार बन्द गराउँदै हिँड्ने क्रममा प्रहरीले आज बिहान लहानका विभिन्न स्थानबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १३ कार्यकर्ता पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत छन् ।


ADVERTISEMENT

# # #


एमालेले थालेको मेची–महाकाली अभियानको विरोध गर्न खोज्दा प्रहरी र मोर्चा कार्यकर्ताबिच भिडन्त भई तीन जनाको मृत्य भएको थियो । त्यसैको विरोधमा आज मोर्चाले मधेश बन्द, आगजनी, तोडफोड लगातका कार्य गररहेको छ भने जिप्रका सप्तरीले अनिश्चितकालका लागि राजविराजमा कर्फ्यु लगाएको छ ।