बागलुङ – बागलुङको निसीखोला गाउँपालिका–५ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । गएराति खसेको पहिरोले हिराबहादुर बिकको घर पुर्दा १४ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश बिकको मृत्यु भएको हो । प्रवेश मामाघरमा बस्न गएको समयमा पहिरोमा परेका हुन् ।


ADVERTISEMENT


 

पहिरोमा परी ५३ वर्षीया दिलसरा बिक गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि बुर्तीवाङ पठाइएको छ । सोही घरमा रहेका अन्य तीनजानको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #