एजेन्सी – भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले गत अगस्ट १५ मा एक इन्स्टाग्राम पोष्टमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे । त्यही दिन धोनीसँगै लामो समय भारतीय क्रिकेट टिममा रहेका सुरेश रैनाले पनि धोनीकै बाटो पच्छ्याउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे ।


ADVERTISEMENT


भारतीय यी दुई दिग्गजले सन्यासका लागि १५ अगस्ट नै किन रोजे भनेर जिज्ञासा उत्पन्न भरइरहँदा रैनाले यसको रहस्य खोलेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि धोनी र आफू अंगालो मारेर धेरै रोएको रैनाले खुलासा गरेका छन् । सन्यास लिने कुरा पूर्व निर्धारित भए पनि सहज भने नभएको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


धोनी र आफ्नो सन्यासको पृष्ठभूमि र त्यसपछिको घटनाकाबारेमा रैनाले भारतीय पत्रिका दैनिक जागरणलाई यसरी बताएका छन् ।

मलाई थाहा थियो, धोनीले चेन्नई पुग्ने बित्तिकै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्ने सक्नेछन् । त्यसकारण म तयार नै थिएँ । अगस्ट १४ मा म, पियूस चावला, दीपक चहार र कर्ण शर्मा चार्टर्ड फ्लाइटमार्फत राँची पुगेका थियौँ । त्यहाँबाट हामीले माही (धोनी) र मोनु सिंहलाई पिक गर्‍यौँ ।

सन्यास लिने कुरा पूर्व निर्धारित भए पनि सहज भने थिएन । हामीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेपछि अंगालो मर्‍यौँ र धेरै रोयौँ । त्यसपछि म, पियुष, अम्बाती रायुडू, केदार जाधव र कर्ण एकसाथ बसेर हाम्रो करियर र हाम्रो सम्बन्धको बारेमा कुरा गर्‍यौँ । त्यो रात हामीले मस्त पार्टी पनि गर्‍यौँ । 

सन्यास लिने कुरा पूर्व निर्धारित भए पनि सहज भने थिएन । हामीले शनिबार (१५ अगस्ट)मा सन्यास लिने विचार गरिसकेका थियौँ । धेरैले १५ अगस्टमै सन्यास किन लिए भन्ने जिज्ञासा राखेका छन् । धोनीको जर्सी नम्बर ७ हो र मेरो ३ हो । यसलाई एकसाथ मिलाउँदा ७३ बन्छ । १५ अगस्टमा भारतले आफ्नो स्वतन्त्रताको ७३ वर्ष पूरा गर्दै थियो । त्यसकारण यो भन्दा सुन्दर दिन हाम्रो लागि हुँदैनथ्यो ।

धोनीले आफ्नो क्रिकेट करियरको सुरुवात २३ डिसेम्बर २००४ मा बांग्लादेशविरुद्ध बंगलादेशकै चटगाउँमा गरेका थिए । जबकि मैंले आफ्नो डेब्यू ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध उसकै मैदानमा गरेँ । हामी दुबैले अन्तर्राष्ट्रीय क्रिकेट लगभग सँगै गर्‍यौँ । आइपीएलमा चेन्नई सुपर किङमा सँगै रहेर अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्यास लियाँै ।

अब हामी सँगै इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न जारी राख्नेछौँ ।