काठमाडौं – नेपाल सरकारद्वारा जापान रोजगारीका लागि अनुमति प्रदान गरेका व्यवसायीहरुले छुट्टै संस्था स्थापना गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष एवं हिमालयन जब एक्सप्लोलर प्रा.लि.का सञ्चालक मदन कुमार महतको अध्यक्षतामा एघार सदस्यीय जापान इम्प्लाइमेन्ट कोअर्डिनेशन काउन्सिल (जेईईसीसी) गठन भएको छ ।


ADVERTISEMENT


 

जापानसँग तत्कालीन मन्त्री गोकर्णराज विष्टको कार्यकालमा गरिएको कामदार आदान प्रदान सम्वन्धी जीटुजी समझदारी असफल जस्तो देखिएको अवस्थामा व्यवसायीहरु संगठित भएका हुन् । व्यवसायीहरुले उक्त समझदारीमा पुनरावलोकन गर्न समेत माग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


काउन्सिलको उपाध्यक्षमा काठमाडौं ओभरसिज प्रा.लि.का सञ्चालक जिवन कुमार भण्डारी, महासचिवमा रेन्बो ओभरसिज प्रा.लि.का सञ्चालक कमल पुरी रहेका छन् । त्यसैगरी कार्यसमितिको कोषाध्यक्षमा नमस्ते नेपाल म्यानपावर प्रा.लि.का सञ्चालक दिनेशभक्त श्रेष्ठ र कार्यसमिति सदसयहरुमा कालिञ्चोक म्यानपार प्रा.लि.का सञ्चालक प्रदीप कुमार कार्की, पासा इन्टरनेशनल प्रा.लि.का सञ्चालक देवेन्द्र नारायण क्षेष्ठ, साकुरा ओभरसीज प्रा.लि.का सञ्चालक जगदीश केसी, न्याप इन्टरनेशनल प्रा.लि.की सञ्चालिका मिठु गौतम, एससीसी म्यानपावर प्रा.लि.का सञ्चालक अबुल शाह, डिएन इन्टरनेशनल प्रा.लि.का सञ्चालक हरिशचन्द्र मावोहाङ र भण्डारी ओभरसिज प्रा.लि.का सञ्चालक माधव भण्डारी रहेका छन्  ।