काठमाडौं –  झापाको पूर्वी नाका काँकरभिट्टाबाट चार महिनापछि पेट्रोलियम पदार्थ आयात भएको छ । यसै सातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको हो ।


ADVERTISEMENT


आयात रोकिएको चार महिनापछि अहिले ट्रायलका रुपमा मात्रै पेट्रोलियम आयात भइरहेको एशोसिएसनले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले नेपालमा लकडाउन सुरु भएपछि पेट्रोलियम पदार्थ पठाउन प्रतिवन्ध लगाएको थियो ।


ADVERTISEMENT

# # #