कुवेत – कुवेतमा  आजदेखि जनवीवन सामान्य हुने भएको छ । लामो समयको लकडाउनको अन्त्य गर्दै कुवेतले आजदेखि जनजीवन सामान्य गराउने निर्णय गत अगस्ट १३ तारिखमा गरेको थियो ।


ADVERTISEMENT


 

द टाइम्स कुवेतले जनाए अनुसार क्षमताको ५० प्रतिशत बस्न पाउने गरी होटल, रेष्टुरेन्ट, क्याफे तथा सार्वजनिक यातायात सञ्चालन हुने छन् । यी क्षेत्रमा काम शुरु भएपछि नेपाली कामदारहरु रोजगारीमा फर्किने सम्भावना बढेको बताइएको छ । रेष्टुरेन्ट र होटलसँगै केखकुद क्लबहरु, ब्युटी पार्लर, सैलुनसहित निजी तथा सरकारी कार्यालयहरु पनि खुल्ने छन् ।


ADVERTISEMENT

# # #


 

तर कोरोनाको फैलावट र संक्रमणबाट बच्न भने कडा निर्देशनहरु जारी गरिएको बताइएको छ । विशेष गरी पञ्जा, मास्क लगाउने तथा सामाजिक दुरी कायम गर्नुपर्ने छ । रंगशालामा फुटबल खेलहरु भएपनि दर्शकहरु भने जान पाउने छैनन् ।