काठमाडौँ – गत बुधवारदेखि घट्दै गएको सुनको मूल्य मंगलवार पुनः २ हजार २ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार प्रतितोला सुनको मूल्य रु. १ लाख ४ सय पुगेको छ ।


ADVERTISEMENT


यस्तै आज बजारमा तेजाबी सुनको मूल्य भने प्रतितोला रु. ९९ हजार ९०० मा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि रु. ६५ ले वृद्धि भई आज प्रतितोला चाँदीको मूल्य रु. १ हजार ३८० कायम गरिएको छ ।


ADVERTISEMENT

# # #


गत बुधवार सुनको मूल्य कीर्तिमानी कायम गर्दै प्रतितोला रु. १ लाख १ हजार ६ सयले कारोवार भएको थियो ।