वीरगञ्ज– वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनको मृत्यु भएको छ । बहुदरमाई – ४ डबैलाका ६१ वर्षीय पुरुषको बिहाना उपचारका क्रममा नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।


ADVERTISEMENT


कोरोना संक्रमित ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या आएपछि अर्थो ट्रमा सेन्टरमा राखेर उपचार शुरु गरिएको थियो । उच्च रक्तचाप, दम र मुटुसम्बन्धी रोगले ग्रसित ती व्यक्तिको शनिवार बिहाना मृत्यु भएको नारायणी अस्पतालका डा. दीपक कुशवाहाले बताए ।


ADVERTISEMENT

# # #