काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २४६ जना महिला र ४९७ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १० हजार २३४ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख १० हजार ४६९ वटा पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार
– काठमाडौँ उपत्यकाका २२४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
– गत २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु

हाल क्वारेन्टिनमा ११ हजार २ सय ७५ जना रहेका छन् भने १३ हजार ७ सय १५ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ४ हजार ५ सय ६१ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार १ सय ५४ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १८ हजार ८ सय ६ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १७५ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।