काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र ५ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय एक पुरुष, मोरङका ६५ वर्षीय एक पुरुष, पर्साकी ७० वर्षीय एक महिला, काठमाडौँकी ४८ वर्षीय एक महिला, रुपन्देहीकी ६७ वर्षीय महिला र ३८, ५३ र ५४ वर्षी ३ जना पुरुषरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण पुष्टि, १७५ जना डिस्चार्ज
– काठमाडौँ उपत्यकाका २२४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७५ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १८ हजार ८०६ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।