काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १७७ जना, भक्तपुरका १४ जना र ललितपुरका ३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १७५ जना निको भएका छन् भने हालसम्म १८ हजार ८०६ जना उपचारपछि निको भएका छन्


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– कोरोना अपडेट : थप ७४३ जनामा संक्रमण पुष्टि, १७५ जना डिस्चार्ज
– गत २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु

कुल संक्रमित मध्ये १५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
ओखलढुंगामा ३ जना, इलाममा १ जना, उदयपुरमा १ जना, खोटाङमा ४ जना, झापामा ५ जना, धनकुटामा २ जना, मोरङमा ३१ जना, संखुवासभामा २ जना र सुनसरीमा २३ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा ९४ जना, धनुषामा ५ जना, पर्सामा ३४ जना, रौतहटमा ५ जना, सप्तरीमा १५ जना, सर्लाहीमा ८ जना र सिरहामा १० जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना, भक्तपुरमा १४ जना, चितवनमा ३२ जना, काभ्रेमा ५ जना, दोलखामा १ जना, धादिङमा २ जना, मकवानपुरमा १८ जना, रामेछापमा २ जना र सिन्धुपाल्चोकमा ५ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा २ जना, गारेखामा १ जना, तनहुँमा ३ जना, म्याग्दीमा १, बागलुङमा २ जना, स्याङ्जामा १ जना र नवलपरासी (पूर्व)मा ५ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
अर्घाखाँचीमा १ जना, गुल्मीमा ४ जना, बाँकेमा ८ जना, कपिलवस्तुमा ९ जना, नवलपरासी (पश्चिम)मा ५ जना, पाल्पामा २ जना, रोल्पामा २ जना, बर्दियामा १ जना र रुपन्देहीमा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
कालीकोटमा ३ जना, जाजरकोटमा १९ जना, रुकुम (पश्चिम) १८ जना, र सुर्खेतमा ११ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
कञ्चनपुरमा १९ जना, कैलालीमा ७९ जना, डडेल्धुरामा ४ जना, दार्चुलामा १ जना, बाजुरामा १ जना र बैतडीमा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २४६ जना महिला र ४९७ जना पुरुष गरी ७४३ जनामा कोरोना पुष्टि भएको छ ।