काठमाडौँ – नेपालका लागि पूर्व राजदूत रिचर्ड मोरिस मृत फेला परोक छन् । सोमवार उनको शव जंगलमा फेला परेको हो । दक्षिणपूर्वी इंगल्यान्डस्थित ह्याम्पसायरको जंगलमा उनको शव भेटिएको फेला बेलायती प्रहरीले जनाएको छ।


ADVERTISEMENT


४ महीना अघि देखि हराएका थिए । ५२ वर्षीय मोरिसलाई अन्तिम पटक बेन्टली क्षेत्रमा मे ६ मा १० बजे मोर्निङ वाक गर्दै गरेको अवस्थामा देखिएका थिए ।


ADVERTISEMENT

# # #


बेलायतको सरे काउन्टीको प्रहरीले एक विज्ञप्ति जारी गर्दै मोरिस हराएपछि उनको परिवार निकै चिन्तित रहेको जनाउँदै खोजीमा सघाउन सबैलाई अपिल गरेको थियो ।

नेपालका लागि बेलायतको राजदूतका रूपमा मोरिस नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म काठमाडौंमा कार्यरत थिए।

तीन सन्तानका पिता मोरिस नेपालका लागी राजदूत रहनुअघि फिजीमा ब्रिटिस हाइ कमिसनर थिए।