काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यकामा ५ लाख पर्यटन बस मिल्ने आवश्यक पूर्वाधार बनाउन पर्यटन वोर्डलाई निर्देशन दिएका छन् । सोमवार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँग छलफलमा मन्त्री भट्टराईले सो बराबर पर्यटक अट्न सक्ने पूर्वाधारको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन आदिको सम्भावनाको अध्ययन गरी पूर्वाधार निर्माणका लागि काम गर्न निर्देशन दिए । भट्टराईले ७ वटै प्रदेश स्तरमा पर्यटन वोर्डका शाखा गठन गरी नेपाली, हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न वोर्डलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले कोरोना भाइरस संक्रमणकै समयमा समयमा भर्चुअल टुरका प्याकेज बनाउन विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामग्री तयार गर्ने जिम्मेवारी दिए । उनले कोरोनाका कारण मारमा परेका पर्यटन व्यवसायी, पर्यटन मजदूर, टुर्स एण्ड ट्राभल्स कम्पनी लगायतसँग आवश्यक परामर्श गर्न भनेका छन् ।