काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब वृद्धि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले खेलाडीको तलब १० हजारले बढाएको हो ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)का अनुसार २२ जना खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीनवटा ग्रेडमा विभाजन गरेर तलब सार्वजनिक गरिएको हो । अब ‘ए’ ग्रेडका खेलाडीले मासिक ४५ हजार पाउँनेछन् । यसअघि उनीहरुको ३५ हजार थियो । यस्तै ‘बी’ ग्रेडका खेलाडीले मासिक ३५ हजार र सी ग्रेडका खेलाडीले २५ हजार पाउने छन् ।


ADVERTISEMENT

# # #


यसअघि ‘बी’ ग्रेडका खेलाडीको मासिक २५ हजार र ‘सी’ ग्रेडका खेलाडीको मासिक १५ हजार रुपैयाँ रहेको थियो । यसअघि ‘ए’ ग्रेडमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र ऐरी, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, वसन्त रेग्मी रहेका थिए । यस्तै ग्रेड ‘बी’मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका थिए ।

यस्तै ग्रेड ‘सी’मा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका थिए । तर, अब लागू हुने ग्रेडमा केही परिवर्तन गरिएको छ । केही खेलाडी बाहिरिँदा केही बढुवा भएका छन् भने केहीले ‘ग्रेड’मा पहिलो पटक स्थान बनाएका छन् ।

शक्ति गौचनले सन्यास लिइसकेकाले उनी समूहमा रहने छैनन् । यस्तै केही खेलाडी लामो समयदेखि राष्ट्रिय टिममा अटाउन सकेका छैनन् । उनीहरु पनि ‘ग्रेड’बाट बाहिरिने छन् । पछिल्लो समय टिमका लागि डेब्यू गरेका कुशल मल्ल, पवन सर्राफ लगायतका युवा खेलाडी ‘ग्रेड’मा अटाउने सक्नेछन् ।