काठमाडौँ – बैतडीका दुई महीने शिशु शिवाशं अवस्थीलाइ कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ ।


ADVERTISEMENT


संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा निशान भट्टराई स्वर दिएका छन् । जन्मिएको १४ औँ दिनदेखि बिरामी परेका सिवाशंलाई महेशले दक्षिण भारत चेन्नईको रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए ।


ADVERTISEMENT

# # #


महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न प्रेरित गरेको गीतकार एवं संगीतकार कमलाले बताइन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि एउटा बाले गरेको संघर्षलाई देखाएका छौँ ।’

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए । उनले भने, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु ।’ गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन् ।

 

हेर्नुहोस् भिडियोः

 

https://www.youtube.com/watch?v=qk-MWeSva4Y&feature=youtu.be