काठमाडौँ – सरकारले हाल नियमित उडान भइरहेका मुलुकहरुमा उडान संख्या थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्माओली र उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलबीचको उच्चस्तरीय परामर्श अनुसार अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।


ADVERTISEMENT


मन्त्री भट्टराईका अनुसार यसअघि उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीबीच उडान संख्या थप गर्ने सम्बन्धमा छलफल भएको थियो । अब पीसीआर नेगेटिभ भएका यात्रुहरु मात्र ल्याउने गरी एयरलाइन्स कम्पनीले थप उडान माग गरेमा अनुमति पाउने छन् ।


ADVERTISEMENT

# # #


कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने मन्त्री भट्टराईले जानकारी दिएका छन् । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि भने श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गर्ने उनले बताए ।

यस्तै नियमित उडान नभएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्यांख्या थप गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए । ‘विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपालीप्रति सरकार संवेदनशील छ ।’ मन्त्री भट्टराईले भने, ‘उहाँहरुकोको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशिस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउँदै लानेछ ।’

कोरोना भाइरसका कारण लकडाउन गरेको सरकारले पाँच महिना पछि गत भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको थियो ।