काठमाडौँ – बैंकहरुले अनलाइनबाटै दशैँको दक्षिणा दिन/लिन सकिने सेवा बजारमा ल्याउने भएका छन् । दशैँको टिका जमरापछि सम्बन्धित व्यक्तिको बैंक खातामा उसको मोबाइल नम्बर राखेर दक्षिणा बराबरको रकम पठाउन सकिने गरी बैंकहरुले सेवा विस्तार गर्न लागेका हुन् ।


ADVERTISEMENT


सानिमा बैंक, नबिल बैंक, एनआईसी एशिया बैंकले दशैँ लक्षित डिजिटल भुक्तानी सेवा ल्याउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्र बैंकले यस वर्ष दशैँका लागि नयाँ नोट बजारमा ल्याउँन नसक्ने भएकाले यस्तो सेवा प्रभावकारी हुने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालको भनाइ छ ।

कोरोना महामारीपछि सबै बैंकले विद्युतीय कारोवारलाई प्रोत्साहन गर्दै आएकोमा हालसम्म यी ३ बैंकले दशैँको दक्षिणा पनि अनलाइनमार्फत भुक्तानी गर्न सकिने सेवा ल्याउने तयारी गरेका छन् ।