काठमाडौँ – अब बीमा कम्पनीले निजी प्रयोगशालाको पीसीआर परीक्षणलाई पनि मान्यता दिई कोरोना बीमाको भुक्तानी गर्ने भएका छन् । यसअघि कोरोना बीमा दाबीका लागि सरकारी परीक्षणलाई मात्र मान्यता दिने बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ लाई संशोधन गरी निजीलाई पनि मान्यता दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


सोमवारदेखि लागू हुने गरी समितिले उक्त मापदण्ड संशोधन गरेको हो ।


ADVERTISEMENT

# # #


निजी प्रयोगशालाको रिपोर्ट मात्र मान्यता दिने समितिको यसअघिको निर्णयमा चौतर्फी विरोध भएपछि मापदण्ड संशोधन गरिएको समितिले बताएको छ । संशोधित मापदण्डअनुसार बीमितले निजी प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि बीमा दाबी पाउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझावका आधारमा नै कोरोना बीमाको मापदण्ड संशोधन गरिएको हो ।