काठमाडौँ – विश्व बैंकले कोरोना नियन्त्रण र कोरोनाले थलिएको अर्थतन्त्र उकास्नका लागि वित्तीय सुधार कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई साढे २३ अर्ब रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


सरकारी योजनाहरुको कार्यन्वयनका लागि विश्व बैंकले २०० मिलियन डलर (नेपाली साढे २३ करोड रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरिसकेको छ । कोरोना रोकथाम एवं नियन्त्रण तथा वित्तीय अवस्थाको सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘विकाशका लागि वित्त’ शीर्षकमा उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


डिजिटल वित्तीय सेवाको विस्तारमा पनि यो परियोजनाले मद्दत पुर्‍याउने विश्व बैंकको अपेक्षा छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले कोरोना महामारी सुरु भएयता नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ । मन्त्रालयकाअनुसार यसअघि गत साउनमा नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार तथा दक्षता अभिवृद्ध र रणनीतिक सडक व्यवस्थापना परियोजनका लागि विश्व बैंकले सरकारलाई रु. ५४ अर्ब ऋण सहयोग गरेको थियो । जुन हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता थियो ।