बागलुङ – जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी बताए । रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, प्रहरी चौकी कुडुले र पञ्चकोट, प्रहरी चौकी मालढुङ्गा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । यो अभियान निरन्तर सञ्चालन हुनेछ ।

यस्तै प्रहरीले मङ्गलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका १२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ । रासस