काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले कुबेतका अमिर शेख सवाह अल अहमद अल जावेर अल सवाहको निधन भएकामा शोक व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले क्रमशः कुवेतका अमिर र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शोक सन्देश पठाएर शोक प्रकट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीले त्यहाँका अमिर शेख नवाफ अल अहमद अल जावेर अल सवाहलाई सम्प्रेषण गरेको सन्देशमा कुवेत सरकार, त्यहाँका जनता र राजपरिवारका सदस्यमा समवेदना व्यक्त गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले अमिर दूरदर्शी राजनेता भएको र उनले क्षेत्रीय समझदारी र सहयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् ।


ADVERTISEMENT

# # #


यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना कुवेती समकक्षी शेख सवाह अल खालिद अल हमाद अल सबाहलाई पठाएको शोक सन्देशमा कुवेती अमिरको निधन भएकामा दुःख व्यक्त गर्दै उनको देहावसानबाट नेपालले शुभचिन्तक र सच्चा मित्र गुमाएको उल्लेख गरेका छन् ।