काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दसैँलाई घर र डेरामा मात्र सीमित राखी मनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


उनले दसैँको शुभकामना सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोभिड १९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


सभापति देउवाले दसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाएको र यसलाई सामाजिक भातृत्व बढाउने गरी मनाउन आग्रह गरेका छन् ।