काठमाडौँ — फेसबुकमा नक्कली आइडी बनाएर नाबालिकाहरुलाई अश्लील सन्देश र तस्बिर पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर बालिका दरबारमार्ग (परिवर्तित)लाई अश्लील सन्देश पठाएको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–४का २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी एसएसपी नविन्द अर्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अखिलले बालिकालाई अश्लील सन्देश र तस्बिर पठाएको, बालिकाहरुको बारेमा अश्लील र अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने र हैरानी दिने काम गरेको पाइएकाले विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसएसपी अर्यालले बताए ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई काठमाडौं महानगरपालिका–२७ बाट बिहीबार पक्राउ गरिएको पनि एसएसपी अर्यालले जानकारी दिए