काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले चिनी मिललाई विद्युत् बेच्ने भएका छन् । बाराको रिलायन्स सुगर मिल्स, महोत्तरीको एभरेस्ट सुगर मिल्स र सर्लाहीको इन्दुशंकर सुगर मिल्सले प्राधिकरणलाई विद्युत् बेच्ने तयारी गरेका हुन् ।


ADVERTISEMENT


चिनी मिलहरू पुसदेखि बढीमा चैतसम्म सञ्चालनमा आउँने हुँदा हिउँदमा पानीको बहाव कम भएर विद्युत् उत्पादन घट्ने भएकाले चिनी मिलबाट उत्पादन हुने विद्युत् खेर जाने गरेको छ । उक्त विद्युत्लाई नजिकको सबस्टेशनसँग जोडेर प्राधिकरणलाई बेच्ने तयारी गरिएको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार यी चिनी मिलहरूबाट बढीमा ७ मेगावाट विद्युत् बेच्न सकिनेछ ।