काठमाडौं ।र नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा र निर्वाचनमा भाग लिने मुख्य प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक भएको छ । महासंघको निर्वाचनमा ९०४ वटा एसोसिएट सदस्य संस्थाहरुले मतदान गर्नेछन् । त्यस्तै ६ वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका प्रतिनिधि पनि मतदानमा भाग लिन काठमाडौँ आईपुगेका छन् ।


ADVERTISEMENT


बस्तुगततर्फ १०१ संघहरुले मतदान गर्ने छन् भने जना जिल्ला नगर तर्फबाट १०५ जना अध्यक्षहरुले मतदान गर्ने भएका छन् । एसोसिएट, द्विराष्ट्रिय, बस्तुगत र जिल्ला नगरका गरी जम्मा १ हजार ११६ मतदाताको नामावली महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


यो हेर्नुहोस् निर्वाचनमा भाग लिने प्रतिनिधिको अन्तिम नामावली : 

https://www.fncci.org/ckfinder/userfiles/files/54agm_voter_final_list.pdf