काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र युवा खेलाडी रोहित पौडेल कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् । उनीहरुले तीन दिनमै कोरोना जितेका हुन् ।


ADVERTISEMENT


आज गरिएको कोरोना परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको कप्तान मल्ल र पौडेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


गत बुधबार कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहित कोरोना पोजेटिभ देखिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा कप्तान मल्लले भनेका छन्, ‘अहिलेसम्म मैले कुनै पनि लक्षण वा जटिलताहरूको अनुभव गरेको छैन । चिकित्सकहरुसंगको परामर्शपछि आज मैँले दोस्रो कोभिड–१९ परीक्षण गराएको थिएँ । मैँले वास्तवमै राहत पाएको छु कि म कोरोना नेगेटिभ भएको छु । तपाईंहरुको माया र समर्थन र चासोका लागि धन्यवाद ।’

यद्दपी उनले कोरोनालाई हल्का ढंगले नलिन तथा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

Till now I have not experiend any symptoms nor any complications. After consulting with doctors today I have done 2nd…

Posted by Gyanendra Malla on Friday, November 27, 2020

Dear all,
I am grateful for all your love and concern towards me. 🙏🏻❤️
Here,I want to inform you all that I had my…

Posted by Rohit Kumar Paudel on Friday, November 27, 2020