काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवालय बैठकमा जवाफ प्रस्तुत गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयमा जवाफ पेस गरेका हुन् । उक्त जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको नेकपा श्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


सो प्रस्तावमाथि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।