काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले आगामी यू–१९ विश्वकपको रोडम्याम सार्वजनिक गरेको छ । तालिकामा हेरफेर गर्दै आइसीसीले आइतबार सन् २०२२ मा वेष्टइण्डिजमा हुने १४ औँ संस्करणको यू–१९ विश्वकपको रोडम्याप सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


आइसीसीका अनुसार सन् २०२२ को यू–१९ विश्वकपमा १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सन् २०२० को यू–१९ विश्वकपका उत्कष्ट ११ वटा टेस्ट राष्ट्र र ५ वटा क्षेत्रीय छनोटबाट आउने टिम हुनेछन् ।सिधै विश्वकप खेल्न पाउने टेस्ट राष्ट्रमा आयोजक वेष्टइण्डिजसहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।


ADVERTISEMENT

# # #


क्षेत्रीय छनोटका लागि आइसीले ५ वटा समूह विभाजन गरेको छ । जसमध्ये एशिया, अमेरिका, एशिया प्यासिफिक, अफ्रिका र युरोप क्षेत्र रहेका छन् । प्रत्येक क्षेत्रीय छनोटमा चारवटा टिम रहेका छन् । उनीहरुबीचको प्रतिस्पर्धापछि प्रत्येक क्षेत्रका विजेता ५ टोली यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

यसैवर्ष (२०२०)मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उपाधी बंगलादेशले जितेको थियो ।

विश्वकपमा पुग्न नेपालले क्षेत्रीय छनोट खेल्नुपर्ने

वेष्ट इण्डिजमा हुने यू–१९ विश्वकपका लागि नेपाली युवा टोलीले एशिया क्षेत्रीय छनोट खेल्नु पर्ने भएको छ । सन् २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपालसहित युएई, मलेसिया र एशिया डिभिजन–२ को विजेता टोली हुनेछन् । सन् २०२१ मै हुने एशिया छनोटको आयोजना युएईले गर्नेछ । विजेता टोली विश्वकपका लागि छानिनेछ ।

एशिया छनोटका लागि डिभिजन–२ मा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर र थाइल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले सन् २०१६ यता विश्वकप खेल्न सकेको छैन । एशिया क्षेत्रमा नेपाल बलियो युवा टोली मानिन्छ ।