काठमाडौँ – नेपाली काँग्रेसका नेता इन्द्र बानियाँले कम्युनिस्ट र कोरोना सँगै भगाउने बताएका छन् । नेपालमा कोरोना र कम्युनिस्टले जनतासँग खेलेको अभव्यक्ति दिँदै उनले कम्युनिष्ट सरकारलाई हटाउनु पर्ने बताएका हुन् ।


ADVERTISEMENT


देशमा व्याप्त भ्रष्टाचार अन्त्य, बढ्दो बलात्कार नियन्त्रण, महंगी नियन्त्रण, किसानलाई रासायनिक मल उपलव्ध गराउनुपर्ने जस्ता कैयौ दायित्व पुरा नगरी सर्वसत्तावादतर्फ उन्मुख कम्युनिष्ट सरकारको विरोधमा सोमबार नेपाली कांग्रेसको आयोजनामा हेटौंडामा भएको विरोध प्रदर्शनमा सहभागी भई उनले यस्तो भनेका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्रको रक्षा र जनताको समस्या समाधानका लागि सधैं जनतासंगै रहने प्रतिवद्धता व्यक्त गर्दै नेपाललाई कोरोना र सर्वसत्तावादी कम्युनिष्ट सरकारमुक्त गर्ने अभियानमा निरन्तर आवाज उठाउन पनि सबैमा अनुरोध गर्दछु । ’