काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍को बैठक कोरम नपुगेर पुनः स्थगित भएको छ।


ADVERTISEMENT


सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठक बिहान ९ बजे बस्ने कार्यतालिका थियो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ।

मंगलबारको बैठकमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रम्ख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिए ।

बैठक सञ्चालनका लागि अध्यक्ष (प्रधानमन्त्री)बाहेक ४ जना सदस्य उपस्थित हुनु पर्छ । हाल उपसभामुख नरहेकाले सदस्यमध्ये एक जनामात्रै अनुपस्थित हुँदा पनि बैठक सञ्चालन हुन सक्दैन ।

बैठक आजै प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे बस्दैछ । लामो समयदेखि परिषद् बैठक नबस्दा रिक्त रहेका विभिन्न संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन ।