काठमाडौँ– त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर गोविन्द केसीले असोज २० बाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । उनले चारबुँदे माग राख्दै अनसन घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग गरेका छन् ।


ADVERTISEMENT

# # #


एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्न माग गरेका छन् ।

बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ ।

उनले यसअघि आफ्ना माग पूरा गराउनका लागि ११ पटक अनसन बसिसकेका छन् ।