काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठठ


ADVERTISEMENT


बैठकले सरकारले हिजो मात्रै राष्ट्रपतिमार्फत जारी गरेको संवैधानिक परिषद् सम्बन्त्री अध्यादेश फिर्ता लिने र पार्टीका सांसदहरुले आजै राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन पनि फिर्ता लिने निर्णय गरेको पार्टी पवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


आजको बैठकमा प्रधानमन्त्री केपी शर्माओली पनि सहभागी थिए । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश आएपछिको हिजोको संवैधानिक परिषद्को बैठकमा सिफरिस सम्बन्धी कुनै पनि निर्णय नभएको जानकारी गराएका छन् ।

स्थायी कमिटिको बैठक अब पुस ५ गते बस्नेछ भने पुस ५ गतेका लागि निर्धारित गरिएको केन्द्रीय कमिटिको बैठक पुस १० गते बस्ने तय गरिएको प्रवक्त श्रेष्ठले जानकारी दिए ।

मंगलबार परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नआएपछि सरकारले राष्ट्रपतिमार्फत प्रधानमन्त्रीसहित तीनजना सदस्यको उपस्थितिमै बैठक बस्ने सक्ने व्यवस्था सहितको अध्यादेश जारी गरेको थियो ।

उक्त अध्यादेशपछि नेकपाभित्रै त्यसको व्यापक विरो भएको थियो भने अध्यादेश तत्काल फिर्ता लिन आवाज उठेको थियो । बुधबार स्थायी कमिटिको बैठक सुरु हुनु अघि बसेको अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीचको बैठकले अध्यादेश फिर्ता लिने र प्रचण्डले ओलीमाथि लगाएका सम्पूर्ण आरोप पत्रहरु फिर्ता लिने सहमति जुटेको थियो ।