काठमाडौं –एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् ।


ADVERTISEMENT


यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्ने एनसेलले जनाएको छ । एनसेलले आफ्नो हाल संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।


ADVERTISEMENT

# # #


एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले कार्यस्थल भन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरु खोज्ने प्रवृति बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने नवीन सेवा ल्याउन पाएकोमा खुसी व्यक्त गरे ।

के हो ‘जबसप’ ?

कोरोनाको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकाहरुलाई एक उत्तम सेवा हुने विश्वास छ । हालको शुरुवाती अवस्थामा शारिरीक रुपमा काम गर्ने श्रमिक-कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् ।

कामको खोजिमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएस मार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजिमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रुपमा यो सेवा सुचारु गर्न सक्छन् । सर्वप्रथम आफुले खोजिरहेको काम र आफ्नो दक्षता अनुसार प्रोफाइल बनाएर यो सेवा सुचारु गनुपर्ने हुन्छ । कामदार खोजि रहेका व्यक्तिले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनु पर्नेहुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकता सम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रुपमा दुवै पक्षलाई यो सम्बन्धी जानकारी दिइने एनसेलले जनाएको छ ।

कसरी लिने सेवा ?

यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स१७१३७ह्यास डायल गरी वा एनसेलजबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशन अनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न कर सहित रु ६।३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्ता सम्म रहनेछ ।

त्यसैगरी कामको खोजिमा रहेका ग्राहकले ३ दिन, ७ दिन, १ महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसिमामा रहेर यो सेवा सुचारु गर्न सक्नेछन् । कामको खोजिमा रहेका व्यक्तिले कर सहित रु ३.८३ मा ३ दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसै अनुसार प्याकको समयसिमा भित्र उक्त कामदारको प्रोफाइल सक्रिय रहनेछ ।

ग्राहकले कर सहित रु ८.९४ मा ७ दिनको र कर सहित रु ३८.३१ मा ३० दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसिमा रहेको प्याक कर सहित मात्र रु १५३.२२ र २२९.८४ मा सुचारु गर्न सक्नेछन् ।

यहि अनपज अभियान अन्तर्गत एनसेलले यो भन्दा अगाडि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो । यस अभियान अन्तर्गत एनसेलले आउने दिनहरुमा पनि ग्राहकहरुका लागि विभिन्न सेवा सुविधाहरु ल्याउने जनाएको छ ।