काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री ओली पक्ष भने अनुपस्थित रहेका छन् ।


ADVERTISEMENT


आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ । नेकपा स्थायी कमिटि बैठकमा सोही बारे छलफल हुने बताइएको छ ।


ADVERTISEMENT

# # #