काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनु पर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद विघटनविरुद्ध काठमाडौँको नयाँ बानेश्वरमा आयोजित विरोधसभामा बोल्दै नेता थापाले गणतन्त्र जोगाउन भए पनि राष्ट्रपति भण्डारीलाई यथासक्य पदच्यूत गर्नुपर्ने बताएका हुन् । आइतबार प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने सिफरिसलाई रोक्न सक्ने शक्ति भए पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई नै साथ दिँदै संसद विघटन गरेको भन्दै उनले आक्रोश पोखे ।


ADVERTISEMENT

# # #


जति लाममो समयसम्म राष्ट्रपति भण्डारीले राख्यो, त्यति समयसम्म राष्ट्रपति संस्था र गणतन्त्रको अपमान हुने भन्दै नेता थापाले जतिसक्दो चाँडो महाअभियोग लगाएर हटाउनु पर्ने बताए । पछिल्ला राजनीतिक घटनाक्रममा राष्ट्रपतिको समेत संलग्नता रहेको र प्रधानमन्त्री ओलीको अपराधको समेत उनी साझेदार रहेको नेता थापाले आरोप लगाए । ‘उहाँसँग राष्ट्रपतिका रुपमा शासन गर्ने योग्यता, वैद्यता, नैतिकता, मर्यादा केही कुरा पनि रहेन ।’ उनले भने, ‘गणतन्त्र जोगाउन पनि राष्ट्रपति भण्डारीलाई मिल्काउनु पर्छ ।’

उनले पछिल्ला कदमबारे कांग्रेसको केन्द्रीय कार्यसमिति र पदाधिकारीको बैठकमार्फत आवश्यक निर्णय गरिने बताए । उनले अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध नै हुने गरी पार्टीले निर्णय गर्ने बताए ।