काठमाडौँ – संसद विघटन गरेको भन्दै सत्तारुढ नेपकल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले भने, ‘पार्टी स्थायी कमिटिको बैठक जारी रहेको र संसद अधिवेशन बोलाउनु पर्ने बेलामा उहाँले जनता, पार्टी र देशमाथि गर्नुभएको विश्वासघात नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार अनुशासनको कारबाहीबा लागि केन्द्रीय कमिटिको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।’


ADVERTISEMENT

# # #


त्यसका लागि पुस ७ गते केन्द्रीय सकितिको बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले प्रधानमन्त्री ओलीको संसद विघटन सिफरिसलाई असंवैधानिक, अलोकतात्रिक, निरंकुश, पश्चगामी र राजनीतिक अस्थिरता र स्वेच्छाचारी कदम रहेको ठहर गरेको प्रवक्ता शर्माले बताए ।

उनले भने, ‘यसले नेपाली जनताको बलिदानीबाट प्राप्त राजनीतिक परिवर्तन एवम् उपलब्धीमाथि कठोर प्रहार गरेको छ ।’ बैठकले संविधानको रक्षकसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको असंवैधानिकलाई स्वीकार गर्नु गम्भीर आपत्तिजनक रहेको नेकपा स्थायी कमिटि बैठकको निष्कर्ष रहेको छ ।

प्रधानमन्त्री ओलीको कदमको प्रतिवाद गर्दै पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा जुट्न पनि आह्वान गरेको छ ।

यस्तै बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटिमा लैजाने निर्णय गरेको छ ।